यी स्थानमा भारी वर्षाको सम्भावना

अनलाइनसमय |
२५ साउन २०८३
यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं, २५ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली भू–भागका केही स्थानमा मेधगर्जन चट्याङ्ग सहितमध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ। देशका पहाडी भू–भागका धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही तथा मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका तराई भू–भागको थोरै स्थानमा मेधगर्जन चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भाग साथै लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राती देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भू–भागका केही स्थानमा मेधगर्जन चट्याङ्ग सहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना महाशाखाले जनाएको छ । देशको पहाडी भू–भागका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका धेरै स्थानमा मेधगर्जन चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । मधेश प्रदेश र कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागको एक–दुई स्थानमा, कर्णाली प्रदेशको हिमाली र पहाडी भू–भाग साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागका थोरै स्थानमा भारी वर्षा तथा एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस