आज ६ प्रदेशमा ठूलो पानी पर्ने, लुम्बिनी र सुदूरपश्चिमका तराई भू–भागमा हावाहुरीको सम्भावना

अनलाइनसमय |
२१ साउन २०८३
आज ६ प्रदेशमा ठूलो पानी पर्ने, लुम्बिनी र सुदूरपश्चिमका तराई भू–भागमा  हावाहुरीको सम्भावना

काठमाडौं, २१ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास तथा पश्चिममा सरदर स्थान भन्दा केही उत्तरतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

अहिले कोशी प्रदेशको तराईमा आंशिक बादल लागेको छ, अन्य सबै भू–भागमा साधारणतया बादल लागेको छ । हाल लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

विभागका अनुसार आज दिउँसो देशको हिमाली भू–भागका केही स्थानमा तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका केही स्थान तथा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ

त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राती देशका हिमाली र पहाडी भू–भागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ । देशका तराई भू–भागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस