काठमाडौं, १४ साउन । दक्षिण कोरियामा रोजगारी अनुमति प्रणाली (ईपीएस ) का लागि आवेदन दिने सेवाग्राहीहरूको अत्यधिक चाप बढेपछि राहदानी विभागले विद्युतीय राहदानी सेवा दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय गरेको छ ।
विभागलेसूचना थजारी गर्दै सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउन साउन १४ गतेदेखि साउन २२ गतेसम्म पहिलो सिफ्ट बिहान ७ देखि २ बजे र दोस्रो सिफ्ट दिउँसो २ देखि बेलुकी ९ बजेसम्म सञ्चालन हुने जनाएको छ ।
साथै, सेवाग्राहीको सहजताको लागि सार्वजनिक बिदाका दिन (शनिबार र आइतबार) पनि बिहान १० देखि ४ बजेसम्म सेवा उपलब्ध गराइने सूचनामा उल्लेख छ ।