शुक्रबार २७ सयले बढ्यो सुनको मूल्य

अनलाइनसमय |
२६ असार २०८३
शुक्रबार २७ सयले बढ्यो सुनको मूल्य

काठमाडौं, २६ असार । नेपाली बजारमा आज शुक्रबार भने सुनचाँदीको भाउ बढेको छ । आज सुनको भाउ तोलामा २७ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८७ हजार ४ सय रुपैयाँ कायम भएको छ । हिजो सुन प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा तोलामा १७० रुपैयाँले बढेर प्रतितोलामा ४ हजार ५१० सय रुपैयाँ कायम भएको छ । हिजो चाँदी ४ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस