काठमाडौं, १६ असार । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ४ हजार ५ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला २ लाख ७७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार सुन प्रतितोला २ लाख ८२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदी पनि तोलामा २५ रुपैयाँले घटेको छ । सोमबार प्रतितोला ४ हजार ३१० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार २८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।