काठमाडौं, १५ असार । नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
अर्थ मन्त्रालयमा आयोजित शपथ ग्रहण कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले डा. भट्टलाई शपथ गराउँदै पुँजी बजारलाई थप व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउने दिशामा काम गर्न आग्रह गरे । उनले लगानीकर्ताको हित संरक्षण, सुशासनको प्रवद्र्धन तथा बजार सुधारलाई प्राथमिकतामा राख्न निर्देशन दिए ।
मन्त्रिपरिषद्को असार ५ गतेको बैठकले डा. भट्टलाई सेबोनको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । सोमबार शपथ ग्रहणसँगै उनले औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन् ।