अर्थमन्त्रीद्वारा सम्पत्ति शुद्धिकरण संशोधन विधेयक संसदमा प्रस्तुत

अनलाइनसमय |
१४ असार २०८३
अर्थमन्त्रीद्वारा सम्पत्ति शुद्धिकरण संशोधन विधेयक संसदमा प्रस्तुत

काठमाडौं, १४ असार । सरकारले सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ) निवारणसम्बन्धी कानुन संशोधन गर्न ‘सम्पत्ति शुद्धिकरण निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रतिनिधिसभामा प्रस्तुत गरेको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विधेयक प्रस्तुत गर्दै सम्पत्ति शुद्धिकरणसम्बन्धी अनुसन्धान र अभियोजन प्रक्रियालाई अझ प्रभावकारी बनाउन विद्यमान कानुन संशोधन आवश्यक परेको बताए । उनले संसदको अधिवेशन सञ्चालनमा नरहेको अवस्थामा सरकारले अध्यादेशमार्फत व्यवस्था ल्याएको र त्यसलाई प्रतिस्थापन गर्न अहिले विधेयक पेश गरिएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस