शुक्रबार २ अङ्कले घट्यो नेप्से, ४ अर्ब बढिको कारोबार

अनलाइनसमय |
१२ असार २०८३
शुक्रबार २ अङ्कले घट्यो नेप्से, ४ अर्ब बढिको कारोबार

काठमाडौं, १२ असार । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) घटेको छ । आज नेप्से परिसूचक २ अंकले घटेर दुई हजार ६४९ दशमलव ५१ बिन्दुमा कायम भएको हो ।

आज ७७ लाख २७ हजार ६२९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९४ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार २ अर्ब ८३ करोड ८२ लाख रुपैयाँको कारोबार भएको थियो ।

आज ८५ धितोपत्रको शेयर मूल्य बढ्दा १७० को घटेको छ । यस्तै २० धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३५९ धितोपत्र कारोबारमा आएका छन् ।

आज व्यापार १ दशमलव ०६, निर्जीवन बीमा शून्य दशमलव ५४, म्युचुअल फण्ड र होटेल तथा पर्यटनको समान शून्य दशमलव २३ र हाइड्रोपावर समूहको उपसूचक शून्य दशमलव ६ प्रतिशतले बढेको छ ।

यस्तै लगानी शून्य दशमलव ५८, माइक्रोफाइनान्स शून्य दशमलव ५६, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३८, फाइनान्स शून्य दशमलव ३१, विकास बैंक शून्य दशमलव २७, अन्य शून्य दशमलव ०७, बैंकिङ शून्य दशमलव ०६ र जीवन बीमा समूहको उपसूचक शून्य दशमलव ०५ प्रतिशतले घटेको छ ।

आज ३ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा स्नो रिभर्स, याम्बालिङ हाइड्रोपावार र टक्सार खोला हाइड्रोपावर रहेका छन् ।

यसैगरी कालिका लघुवित्त १० दशमलव ७६, सप्तकोशी डेभलवमेन्ट बैंक ९ दशमलव ४५ र हिमालयन इन्भेष्टमेन्ट इन्सुरेन्स प्रमोटरको शेयर मूल्य ४ दशमलव ९३ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस