काठमाडौं, १२ असार । भेनेजुएलामा बुधबार साँझ लगातार आएका दुई शक्तिशाली भूकम्पले ठूलो जनधनको क्षति पु¥याएको छ । स्थानीय समयअनुसार ७.२ र ७.५ म्याग्निच्युडका भूकम्पमा परी हालसम्म २३५ जनाको मृत्यु भएको पुष्टि भएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार चार हजार ३०० भन्दा बढी व्यक्ति घाइते भएका छन् भने २०० भन्दा बढी मानिस अझै भग्नावशेषमा फसेका छन् । स्वास्थ्य मन्त्रालयले करिब ३९ हजार मानिस सम्पर्कविहीन रहेको जनाएको छ ।
भूकम्पपछि प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य तीव्र पारिएको छ । आफन्तको खोजीमा स्थानीय बासिन्दा स्वयं भग्नावशेष हटाइरहेका छन् भने उद्धारकर्मीहरूले पनि निरन्तर राहत तथा उद्धार अभियान सञ्चालन गरिरहेका छन् ।