बिहीबार नेप्से ८.५० अंकले घट्दा करिब ३ अर्बको कारोबार

अनलाइनसमय |
११ असार २०८३
बिहीबार नेप्से ८.५० अंकले घट्दा करिब ३ अर्बको कारोबार

काठमाडौं, ११ असार । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक ८ दशमलव ५० अंकले घटेर दुई हजार ६५१ दशमलव ५२ बिन्दुमा कायम भएको हो ।

आज ६४ लाख ८० हजार ५९९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८३ करोड ८२ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार ४ अर्ब ४१ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज ८३ धितोपत्रको शेयर मूल्य बढ्दा १७२ को घटेको छ । यस्तै १९ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३३८ धितोपत्र कारोबारमा आएका छन् ।

बिहीबार उत्पादन तथा प्रशोधन शून्य दशमलव १४ प्रतिशत बाहेक बाँकी सबै समूहको उपसूचक घटेको छ । यसदिन व्यापार समूह सर्वाधिक १ दशमलव ९६ प्रतिशतले घटेको छ ।

यसदिन होटेल तथा पर्यटन शून्य दशमलव ५३, अन्य शून्य दशमलव ४७, हाइड्रोपावर शून्य दशमलव ४१, फाइनान्स शून्य दशमलव ३६, जीवन बीमा शून्य दशमलव २२, बैंकिङ शून्य दशमलव १९, लगानी शून्य दशमलव १६, माइक्रोफाइनान्स र विकास बैंकको समान शून्य दशमलव १५, म्युचुअल फण्ड शून्य दशमलव १४ र निर्जीवन बीमा समूहको उपसूचक शून्य दशमलव ३७ प्रतिशतले घटेको छ ।

आज २ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा याम्बालिङ हाइड्रोपावार र टक्सार खोला हाइड्रोपावर रहेका छन् । यस्तै कालिका लघुवित्त १२ दशमलव ८४, सप्तकोशी डेभलवमेन्ट बैंक ५ दशमलव १६ र हिमालयन इन्भेष्टमेन्ट इन्सुरेन्स प्रमोटरको शेयर मूल्य ३ दशमलव ५७ प्रतिशतले बढेको छ ।

यस्तै भुगुंग हाइड्रोपावर ११ दशमलव ०३, सीवाइसी नेपाल लघुवित्त ८ दशमलव ९७, भगवती हाइड्रोपावर डेभलवमेन्ट ५ दशमलव ८४ र थ्री स्टार हाइड्रोपावरको शेयर मूल्य ५ दशमलव ५७ प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस