काठमाडौं, ११ असार । पछिल्लो एक वर्ष अवधिमा नेपालबाट हुने चिउरा निर्यात करिब साढे २ गुणाले बढेको छ ।
भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्ष (आव) २०८२/८३ को जेठमसान्तसम्म २८ करोड ३१ लाख ८७ हजार रुपैयाँ बराबरको ७०८ मेट्रिक टन चिउरा निर्यात भएको छ, जुन गत आवको सोही अवधिको तुलनामा २४५ दशमलव ५३ प्रतिशतले बढि हो । गत आवको एघार महिनामा नेपालबाट ८ करोड १९ लाख ५६ हजार रुपैयाँ बराबरको २५८ टन मात्रै चिउरा निर्यात भएको थियो ।
पछिल्लो ११ महिना अवधिमा विश्वका १७ वटा देशमा चिउरा निर्यात भएको छ । सो अवधिमा अष्ट्रेलियामा सबैभन्दा धेरै १२ करोड ५० मूल्य बराबरको २४९ मेट्रिक टन निर्यात भएको छ । गत वर्षको सोही अवधिमा यो मुलुकमा ५ करोड १२ लाख रुपैयाँ बराबरको चिउरा निर्यात भएको थियो ।
नेपाली चिउराको दोस्रो ठुलो बजार बनेको अमेरिकामा ५ करोड ३ लाख मूल्य बराबरको ११३ मेट्रिक टन चिउरा निर्यात भएको छ ।
जापानमा १ करोड ९६ लाख मूल्य बराबरको १०८ मेट्रिक टन, इटालीमा २ करोड ४९ लाखको ७७ मेट्रिक टन र क्यानडामा २ करोड ६१ लाखको ६४ मेट्रिक टन निर्यात भएको छ ।
कुन देशमा कति भयो निर्यात ?
