काठमाडौं, १० असार । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक १४ दशमलव ४५ अंकले घटेर दुई हजार ६६० दशमलव ०२ बिन्दुमा कायम भएको हो ।
आज १ करोड ७ लाख ७७ हजार ५८२ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४१ करोड ८६ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार ४ अर्ब ३६ करोड २१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज ६२ धितोपत्रको शेयर मूल्य बढ्दा २०२ को घटेको छ । यस्तै १० धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३३८ धितोपत्र कारोबारमा आएका छन् ।
बुधबार १३ समूहको उपसूचकमध्ये ११ को घटेको छ भने २ उपसूचक मात्र बढेको छ ।
आज व्यापार शून्य दशमलव ८१ र फाइनान्स समूहको उपसूचक शून्य दशमलव १९ प्रतिशतले बढेको छ ।
यसदिन अन्य १ दशमलव ०२, उत्पादन तथा प्रशोधन १ दशमलव १, निर्जीवन बीमा शून्य दशमलव ६४, हाइड्रोपावर र होटेल तथा पर्यटनको समान शून्य दशमलव ६२, विकास बैंक शून्य दशमलव ५७, बैंकिङ शून्य दशमलव ४८, जीवन बीमा शून्य दशमलव ४६, म्युचुअल फण्ड शून्य दशमलव ४४, माइक्रोफाइनान्स शून्य दशमलव ३८ र लगानी समूहको उपसूचक शून्य दशमलव ३७ प्रतिशतले घटेको छ ।
आज २ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा याम्बालिङ हाइड्रोपावार र टक्सार खोला हाइड्रोपावर रहेका छन् । यस्तै भुजुंग हाइड्रोपावर ११ दशमलव ८९, सीवाइसी नेपाल लघुवित्त ९ दशमलव ९ र सपोर्ट माइक्रोफाइनान्सको शेयर मूल्य ५ दशमलव ८९ प्रतिशतले बढेको छ ।
यस्तै सोपान फर्मास्यूटिकल्स ५ दशमलव ०५, भगवती हाइडचोपावर डेभलवमेन्ट ३ दशमलव ६६, माहुली लघुवित्त ३ दशमलव ३६ र कालिञ्चोक हाइड्रोपावरको शेयर मूल्य ३ दशमलव २५ प्रतिशतले घटेको छ ।