होर्मुजमा फसेका ११ हजारभन्दा बढी नाविकको उद्धार गरिँदै

अनलाइनसमय |
१० असार २०८३
होर्मुजमा फसेका ११ हजारभन्दा बढी नाविकको उद्धार गरिँदै

काठमाडौं, १० असार । संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय सामुद्रिक संगठन (आईएमओ) ले संयुक्त राज्य अमेरिका र इरानबीचको युद्धका कारण मध्यपूर्वमा अलपत्र परेका ११ हजा भन्दा बढी नाविकहरूको उद्धार कार्य सुरु गर्ने घोषणा छ ।

संगठनका महासचिव आर्सेनियो डोमिंगेजका अनुसार यो ठूलो अभियान इरान, ओमान, खाडी क्षेत्रका अन्य सबै तटीय राज्यहरू, संयुक्त राज्य अमेरिका र सामुद्रिक उद्योगसँगको घनिष्ठ सहयोगमा सञ्चालन गरिनेछ । यो उद्धार अभियान स्ट्रेट अफ होर्मुजमा मा सञ्चालन गरिनेछ ।

‘हामीले आवश्यक सुरक्षा ग्यारेन्टीहरू सुनिश्चित गरेका छौं र यी अपरेसनहरूलाई सहयोग गर्न सुरक्षित नौवहनका सर्तहरू पूर्ण रूपमा प्रमाणित गरेका छौं,’ डोमिंगेजले विज्ञप्तिमा भनेका छन्, ‘हामी नाविकहरूको सुरक्षा र विश्वव्यापी व्यापारको निरन्तरता सुनिश्चित गर्न पूर्ण रूपमा प्रतिबद्ध छौं ।‘

गत फेब्रुअरी २८ मा सुरु भएको इरानलाई लक्षित गरी गरिएका अमेरिकी सैन्य हमलाहरूको जवाफमा इरानी सेनाले महिनौंदेखि स्ट्रेट अफ हम्र्युजलाई प्रभावकारी रूपमा बन्द गरिदिएको थियो । ट्रम्प प्रशासन र इरानी शासकले गत हप्ता एउटा समझदारी पत्रमा हस्ताक्षर गरेका थिए, जसले आंशिक रूपमा यस जलमार्गलाई खुला गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस