काठमाडौं, ९ असार । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक २६ दशमलव १६ अंकले घटेर दुई हजार ६७४ दशमलव ४८ बिन्दुमा कायम भएको हो ।
आज १ करोड ४० हजार १६४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३६ करोड २१ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमबार ४ अर्ब ४४ करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज २२ धितोपत्रको शेयर मूल्य बढ्दा २३९ को घटेको छ । यस्तै ११ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३५३ धितोपत्र कारोबारमा आएका छन् ।
मंगलबार उत्पादन तथा प्रशोधन शून्य दशमलव ४२ प्रतिशत बाहेक बाँकी सबै समूहको उपसूचक बढेको छ । यसदिन फाइनान्स समूह सर्वाधिक ६ दशमलव ०३ प्रतिशतले बढेको छ ।
मंगलबार म्युचुअल फण्ड (शून्य दशमलव ४५ प्रतिशत)बाहेक बाँकी सबै समूहको उपसूचक घटेको छ । यसदिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक १ दशमलव ९२ प्रतिशतले घटेको छ ।
बुधबार सबै समूहको उपसूचक बढेको छ ।
यसदिन व्यापार १ दशमलव ५७, हाइड्रोपावर १ दशमलव ६३, फाइनान्स १ दशमलव २८, होटेल तथा पर्यटन १ दशमलव ११, लगानी १ दशमलव ०३, निर्जीवन बीमा १ दशमलव ०१, जीवन बीमा शून्य दशमलव ८५, अन्य शून्य दशमलव ६७, विकास बैंक शून्य दशमलव ४३ र बैंकिङ समूहको उपसूचक शून्य दशमलव २९ प्रतिशतले घटेको छ ।
आज २ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा याम्बालिङ हाइड्रोपावार र टक्सार खोला हाइड्रोपावर रहेका छन् । यस्तै लक्ष्मी उन्नति काश ५ दशमलव ९८, सिदार्थ इन्भेष्टमेन्ट ग्रोथ ५ दशमलव ४१ र सनराइज ब्लुचिप फण्डको शेयर मूल्य ५ दशमलव १ प्रतिशतले बढेको छ ।
यसदिन बुंगल हाइड्रोको शेयर मूल्यमा नकारात्मक सर्किट लागको छ । यस्तै अप्पला हाइड्रोपावर ११ दशमलव १२, सोपान फर्मास्यूटिकल्स ७ दशमलव ०५ र कालिञ्चोक हाइड्रोपावरको शेयर मूल्य ५ दशमलव ६४ प्रतिशतले घटेको छ ।