• कला/साहित्य, ताजा समाचार

    नेपाली चलचित्र क्षेत्रको नाम ‘सिनेमाण्डु’ राख्ने सहमति

     87 Views
    नेपाली चलचित्र क्षेत्रको नाम ‘सिनेमाण्डु’ राख्ने सहमति

    काठमाडौं, १४ जेठ । नेपाली चलचित्र क्षेत्रको नाम ‘सिनेमाण्डु’ राख्ने सहमति भएको छ । चलचित्र विकास बोर्डले सोमबार फिल्म सम्बद्ध संस्थालाई नामाकरणबारे छलफलका लागि बोलाएको थियो । उक्त छलफलमा ‘सिनेमाण्डु’ नामाकरणबारे सहमति जुटेको र आजै बेलुका बस्ने बोर्ड बैठकले त्यसलाई अनुमोदन गर्ने बोर्ड अध्यक्ष भुवन केसीले बताए ।

    ‘सबै संघसंस्था त्यो नाममा सहमत छन् । बोर्ड बैठकले निर्णय गरेर यसलाई मन्त्रालयमा पठाउनेछ,’ केसीले भने ।

    नामाकरणबारेको सहमतिमा सहभागी संस्थाका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । बोर्डको निर्णयपछि नामाकरणबारेको सिफारिस सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पठाइने भएको छ ।

    मन्त्रालयले उक्त नामलाई मन्त्रिपरिषद् बैठकमा पेश गर्नेछ । मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेपछि आधिकारिकरुपमै नेपाली फिल्म क्षेत्रले नाम पाउनेछ ।

     

    यसमा तपाइको मत

    Facebook Comment