याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न

अनलाइनसमय |
३० वैशाख २०८३
याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न

काठमाडौं, ३० वैशाख । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको आईपीओको बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको शेयर बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा आज बाँडफाँट प्रक्रिया गरिएको हो ।

कम्पनीले वैशाख १६ गतेदेखि २२ गतेसम्म १७ करोड ४३ लाख रुपैयाँ मूल्य बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १७ लाख ४३ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।

बिक्री अवधिभर २९ लाख ८२ हजार ४९८ जनाबाट ३ करोड २४ लाख ७८ हजार २३० कित्ता शेयर खरिदका लागि आवेदन परेको थियो । तीमध्ये ४४ हजार ४१६ आवेदन रद्द भएका छन् भने २९ लाख ३८ हजार ८२ आवेदन स्वीकृत भएका छन् ।

आवेदन संख्या अत्यधिक भएपछि कम्पनीले गोलाप्रथा प्रणालीमार्फत शेयर बाँडफाँट गरेको जनाएको छ । सो अनुसार १ लाख ७४ हजार ३०० आवेदकले जनही १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् ।

कम्पनीका अनुसार आईपीओको नतिजा केही समयमै सार्वजनिक गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस