आज देशभर चट्याङ्गसहित असिना पानीको सम्भावना

अनलाइनसमय |
२० वैशाख २०८३
आज देशभर चट्याङ्गसहित असिना पानीको सम्भावना

काठमाडौं, २० वैशाख । हाल नेपालमा पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै नेपालको दक्षिणतीर अवस्थित पूर्व देखि पश्चिम सम्म फैलिएको न्यून चापीय रेखाको समेत प्रभाव रहेको छ ।

यसको प्रभावका कारण अहिले कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भईरहेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानहरूमा तथा देशका बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग, असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । त्यस्तै, बागमती र गण्डकी प्रदेशको पहाडी भुभागको एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानहरूमा तथा कर्णाली र सुदुरपश्चिम प्रदेशको थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग, हावाहुरीसहित मध्यम को वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस