काठमाडौं, ११ वैशाख । नेपाल मेडिकल काउन्सिलले नेपाली नागरिकता परित्याग गरेका १७ जना चिकित्सकको मेडिकल लाइसेन्स खारेज गरेको छ ।
काउन्सिलले शुक्रबार एक सूचना जारी गर्दै नेपाली नागरिकता परित्याग गरी विदेशी नागरिकता लिएका चिकित्सकको लाइसेन्स दर्ता खारेज भएको जनाएको हो ।
‘नेपाली मेडिकल काउन्सिल ऐन, नियमावली र नेपाली नागरिकता ऐन अनुसार विदेशी नागरिकता लिएका चिकित्सकहरूले काउन्सिल दर्ता किताबबाट हटाएको छ,’ सूचनामा भनिएको छ ।
लाइसेन्स दर्ता खारेज हुनेमा डा. शर्मिला गुरुङ, डा. रोशन भुषाल, डा. मोति गुरुङ, डा. देवराज रेग्मी, डा. मेरिना गुरुङ, डा. निरन्जनदेव पाण्डे, डा. रोजन केसी, डा. ममता गुरुङ, डा. राजिब हमाल, डा. सलुजा सिंह थारू, डा. सुजना केसी रहेका छन् । यस्तै, डा. जोस्ना शाही, डा. मनिषा हमाल, डा. सुप्रिया शाक्य, डा. इच्छा न्यौपाने, डा. दिपेन ढकाल र डा. तुषार सरवजनाको पनि लाइसेन्स दर्ता खारेज भएको छ ।
उनीहरूले हङकङ, अस्ट्रेलियन, ब्रिटिस, अमेरिकन, पोर्चुगाली, क्यानेडियन र भारतीयनागरिकता लिएको काउन्सिलले जनाएको छ ।
