होर्मुजमा मालवाहक पानीजहाजमाथि इरानी आक्रमण, ‘ठूलो क्षति’को आकलन

अनलाइनसमय |
९ वैशाख २०८३
होर्मुजमा मालवाहक पानीजहाजमाथि इरानी आक्रमण, ‘ठूलो क्षति’को आकलन

काठमाडौं, ९ वैशाख । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सको नौसेनाले होर्मुज जलमार्गमा एउटा कन्टेनर पानीजहाजमाथि आक्रमण गरेको छ ।

युके म्यारिटाइम ट्रेड अपरेसन एजेन्सीले बुधबार रिपोर्ट गरेअनुसार, उक्त घटना ओमानको उत्तर–पूर्वतर्फ १५ नटिकल माइल (लगभग २८ किमि)को दूरीमा भएको बीबीसीमा उल्ल्ेख छ ।

युके म्यारिटाइम ट्रेड अपरेसनका अनुसार इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सको एउटा ‘गनबोट’ले त्यहाँ नजिक आइपुगेको जहाजलाई कुनै रेडियो चेतावनी नदिई सिधै गोली प्रहार गरेको बताइएको छ ।

उक्त आक्रमणका कारण जहाजको ब्रिज (कमान्ड सेन्टर)मा ठूलो क्षति पु¥याएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस