नेपालमा हुआवे ब्यान्ड ११ सिरिज सार्वजनिक

अनलाइनसमय |
८ वैशाख २०८३
नेपालमा हुआवे ब्यान्ड ११ सिरिज सार्वजनिक

काठमाडौं, ८ वैशाख । हुआवेले नेपालमा आफ्नो नयाँ स्मार्ट वेयरेबल ‘हुआवे ब्यान्ड ११ सिरिज’ सार्वजनिक गरेको छ । स्वास्थ्य, फिटनेश र दैनिक वेलबिइङमा केन्द्रित यो नयाँ पुस्ताको प्रविधि नेपाली नयाँ वर्ष २०८३ को सुरुवातसँगै विशेष कार्यक्रममार्फत सार्वजनिक गरिएको हो ।

उक्त सार्वजनिक कार्यक्रम ’रन विथ दि विट’ – पावर्ड बाइ हुआवे’ नामक विशेष कार्यक्रम आयोजना गरिएको थियो । मेल्टडाउनसँगको सहकार्यमा आयोजित उक्त कार्यक्रममा फिटनेस, म्युजिक र प्रविधिलाई एउटै प्लेटफर्ममा जोड्दै सहभागीहरूलाई नयाँ अनुभव दिइएको कम्पनीले जनाएको छ । नेपालमै पहिलोपटक ‘डीजे रन एक्सपिरियन्स’ अवधारणामा गरिएको यस कार्यक्रममा ठूलो संख्यामा सहभागीहरू उपस्थित थिए ।

हुआवे ब्यान्ड ११ सिरिजलाई स्मार्ट हेल्थ र फिटनेस कम्प्यानियनका रूपमा डिजाइन गरिएको कम्पनीको भनाइ छ । यसमा HR, SpO₂, HRV  तथा ब्रिदिङ इनसाइट्ससहितको कम्प्रिहेन्सिभ स्लीप ट्र्याकिङ, २४/७ हार्ट रेट र ब्लड अक्सिजन मोनिटरिङ, एक सय भन्दा बढी वर्कआउट मोड्स, स्ट्रेस तथा इमोशनल वेलबिइङ ट्र्याकिङसँगै गाइडेड ब्रिदिङ सुविधा उपलब्ध छन् । यसका साथै, १४ दिनसम्म टिक्ने ब्याट्री लाइफ र हलुका तथा स्टाइलिस डिजाइनले प्रयोगकर्तालाई दिनभर सहज प्रयोगको अनुभव दिने बताइएको छ ।

यो डिभाइस हुआवे हेल्थ एपसँग इन्टिग्रेटेड रहेको छ, जसले प्रयोगकर्तालाई पर्सनलाइज्ड इनसाइट्स प्रदान गर्दै परफर्मेन्स सुधार, रिकभरी म्यानेजमेन्ट र समग्र वेलबिइङमा सहयोग पु¥याउँछ ।

नेपालमा यसको मूल्य ब्यान्ड ११ (पोलिमर) का लागि ९ हजार ९९० रुपैयाँ, ब्यान्ड ११ (लाइट एल्युमिनियम एलोय) को ११ हजार ९९० र ब्यान्ड ११ प्रोको १४ जार ९९० तोकिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस