‘हिमालय स्पोर्ट्स’ औपचारिक रूपमा शुरु, सीईओमा सुरज गिरि नियुक्त

अनलाइनसमय |
४ वैशाख २०८३
‘हिमालय स्पोर्ट्स’ औपचारिक रूपमा शुरु, सीईओमा सुरज गिरि नियुक्त

काठमाडौं, ४ वैशाख । हिमालय टेलिभिजन नेटवर्क लिमिटेडले नयाँ खेदकुद प्रसारण च्यानल ‘हिमालय स्पोर्ट्स’ सञ्चालनमा ल्याएको छ । संस्थाले यो च्यानल शुक्रवारदेखि सञ्चालनमा ल्याएको हो ।

संस्थामा नेपालमा पछिल्लो समय खेलकुदप्रतिको बढ्दो आकर्षण, यस क्षेत्रमा भएको लगानी विस्तार तथा विविधीकरण बढेको सन्दर्भमा खेलकुद क्षेत्रको दिगो विकास तथा प्रवद्र्धनमा सघाउने ध्येयले यो च्यानल सञ्चालनमा ल्याएको हो ।

उक्त च्यानलमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा भएका महत्वपूर्ण खेलकुद गतिविधिलाई प्राथमिकताका साथ समेटिने बताइएको छ । नयाँ च्यानललाई व्यावसायिक रूपमा अघि बढाउन संस्था प्रमुख कार्यकारी अधिकृत ९सीईओ०मा सुरज गिरीलाई नियुक्त गरेको छ ।

हिमालय टेलिभिजन नेटवर्कको यो तेस्रो च्यानल हो । यसअघि हिमालय टिभी एचडी र हिमालय प्रिमियम सञ्चालन हुँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस