casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

प्रहरी आईजीपी र महानगर कार्यवाहक प्रमुखबीच भेटवार्ता, सडक र सहरी सुरक्षाबारे छलफल

अनलाइनसमय |
३ वैशाख २०८३
प्रहरी आईजीपी र महानगर कार्यवाहक प्रमुखबीच भेटवार्ता, सडक र सहरी सुरक्षाबारे छलफल

काठमाडौं, ३ वैशाख । सडक सुरक्षा, सहरी सुरक्षा र सहरी व्यवस्थापनमा काठमाडौँ महानगरपालिका र नेपाल प्रहरी बिचको सम्बन्ध थप बलियो बनाइने भएको छ ।

काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीका बिचमा भएको भेटघाटका क्रममा सडक सुरक्षा, सहरी सुरक्षा र सहरी व्यवस्थापनमा अहिलेको अवस्था र आवश्यकतामा छलफल गर्दै आपसी सम्बन्धलाई थप बलियो बनाएर नागरिकलाई सेवा प्रत्याभूति गराइने विषयमा कुराकानी भएको महानगरले जनाएको छ ।

भेटमा कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘सडक सुरक्षा र ट्राफिक व्यवस्थापन, अतिक्रमित सार्वजनिक जग्गा संरक्षण र सार्वजनिक उपयोग प्रवर्धन, अव्यवस्थित बसोबास व्यवस्थापन, सहरी व्यवस्थापन, सहरलाई सडक मानवमुक्त बनाउने अभियान लगायतका काममा हामी नेपाल प्रहरीसँग सहकार्य गर्न चाहन्छौँ ।’ यस्तै उनले महानगर प्रहरी बललाई नेपाल प्रहरीको साथ आवश्यक रहेको पनि बताइन् ।

त्यस क्रममा महानिरीक्षक कार्कीले, महानगरपालिकालाई आवश्यक पर्ने सहयोग उपलब्ध गराउन आफू तयार रहेको बताए ।

‘उपत्यका प्रहरी कार्यालयमार्फत महानगरपालिकाका काममा समन्वय हुनेछ । यसका लागि हामीले फोकल पर्सन तोकेका छौँ,’ उनले भने, ‘सचेतनामूलक कार्यक्रमबाट नागरिक सहभागिता र प्रविधिको प्रयोग बढाएर जनशक्ति कम र नतिजा धेरै आउने प्रणाली विकास गर्न हामीले महानगरपालिकाबाट सहयोग अपेक्षा गरेका छौँ ।’

सो अवसरमा लागू औषधको दुव्र्यसन नियन्त्रण, सार्वजनिक स्थलमा धुमपान र मद्यपान नियन्त्रण, पार्किङ् व्यवस्थापन, सडक संकेत र ट्राफिक व्यवस्थापन, रात्रि बस र विहानी बस सेवाको सुरक्षा, सडक मानव मुक्त काठमाडौँ कार्यक्रमअन्तर्गत सञ्चालन हुने सडक सेवामा नेपाल प्रहरीको सहभागितालगायत विषयमा छलफल भएको महानगरले जनाएको छ ।

छलफलमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ सहित महानगरपालिकाका अधिकारीहरू र मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीसहित प्रतिनिधिहरु सहभागी थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun