casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

टर्कीमा एक विद्यालयमा १४ वर्षीय छात्रले गोली चलाउँदा ९ जनाको मृत्यु, १३ घाइते

अनलाइनसमय |
३ वैशाख २०८३
टर्कीमा एक विद्यालयमा १४ वर्षीय छात्रले गोली चलाउँदा ९ जनाको मृत्यु, १३ घाइते

काठमाडौं, ३ वैशाख । टर्कीमा एक विद्यालयमा भएको गोलीकाण्डमा नौ जनाको मृत्यु भएको छ । दक्षिण टर्कीमा रहेको विद्यालयमा बुधबार गोलीबारी हुँदा आठ विद्यार्थी र एक शिक्षकको मृत्यु भएको हो ।

टर्कीका गृहमन्त्री मुस्तफा सिफ्सीले कहरामनमारास क्षेत्रको आयसर क्यालिक सेकेन्डरी स्कुलमा घटना भएको पुष्टि गरेका छन् । उनका अनुसार गोलीबारीमा अन्य १३ जना घाइते भएका छन्, जसमा ६ जनाको अवस्था गम्भीर रहेको बीबीसीमा उल्लेख छ ।

अधिकारीहरूका अनुसार १४ वर्षीय आक्रमणकारी पनि उक्त घटनामा मारिएको छ । यो घटना त्यसको एक दिनपछि भएको हो । दक्षिणकै अर्को उच्च माध्यमिक विद्यालयमा एक पूर्व विद्यार्थीले गोली चलाउँदा १६ जना घाइते भएका थिए र त्यसपछि उसले आत्महत्या गरेको थियो ।
बुधबार भएको आक्रमणको उद्देश्य अझै खुल्न नसकेको र अनुसन्धान सुरु गरिएको बीबीसीले जनाएको छ ।

टर्कीका सञ्चारमाध्यमका अनुसार, आक्रमणकारी (विद्यार्थी भएको आशंका) दुईवटा कक्षाकोठामा प्रवेश गरेका थिए र उसँग पाँचवटा बन्दुक र सातवटा म्यागजिन थिए । स्थानीय गभर्नर मुकरेन उनलुएरले ती हतियारहरू आक्रमणकारीका पूर्व प्रहरी रहेका बुवाका भएको दाबी गरेका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार आक्रमणकारीका बुवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका क्रममा मानिसहरू विद्यालयको पहिलो तलाबाट हाम फाल्दै र बाहिर भाग्दै गरेको देखिएको छ ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै बालबालिका, परिवार र शिक्षकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun