काठमाडौं, ३० चैत । हौँचुरे घिमिरे वंशावलीको विमोचन तथा बन्धु–पारिवारिक भेटघाट कार्यक्रम साहित्यकार गणेश घिमिरे ‘मर्मिक’ को अध्यक्षतामा भक्तपुरको कौशलटारमा भव्यताका साथ सम्पन्न भएको छ ।
कार्यक्रममा ‘ज्येष्ठ नागरिक सम्मान, हाम्रो अभियान’ अन्तर्गत प्रमुख अतिथि तारानाथ घिमिरेलाई ‘ज्येष्ठतम पुरुष सम्मान’ प्रदान गरिएको थियो । त्यसैगरी ९४ वर्षीया चेली मनकुमारी निरौलालाई ‘ज्येष्ठतम चेली सम्मान’ तथा इन्दिरा घिमिरेलाई ‘ज्येष्ठतम महिला सम्मान (पन्ध्रौँ पुस्ता)’ प्रदान गरिएको आयोजकले जनाएको छ ।
वंशावली प्रकाशनमा विशेष सहयोग पु¥याउने सम्पादक पशुपति घिमिरेलाई ‘विद्वत् सम्मान’ तथा कार्यक्रमका सभाध्यक्ष एवं वंशावली सङ्कलक तथा सम्पादक गणेश घिमिरे ‘मर्मिक’ लाई ‘सम्पादक सम्मान’ प्रदान गरिएको थियो ।
कार्यक्रमको अवसरमा सत्तरी वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई पनि माला र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । भावी पुस्तामा ज्येष्ठ नागरिकप्रति सकारात्मक भावना विकास गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले बताएका छन् ।
कार्यक्रममा स्वागत मन्तव्य रमेश घिमिरेले राखेका थिए भने सञ्चालन हरि घिमिरेले गरेका थिए । यसैगरी पुस्तक समीक्षा साहित्यकार तथा समालोचक डा। रमेश शुभेच्छुले गरेका थिए ।