काठमाडौं, १५ चैत । सरकारले अनलाइन सट्टेबाजी एप (बेटिङ) र त्यससम्बन्धी वेवसाइटलाई २४ घन्टाभित्र बन्द गर्ने भएको छ ।
मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीको ४२ नम्बर बुँदामा यसबारे उल्लेख छ ।
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारको शुक्रबार बसेको मन्त्रीपरिषद बैंठकले शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची पारित गर्ने निर्णय गरेको थियो, जसको कार्यसूची शनिबार सार्वजनिक भएको हो । कार्यसूचीमा भनिएको छ, ‘सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सट्टेबाजी एप (बेटिङ एप) र त्यससम्बन्धी वेवसाइट २४ घन्टाभित्र बन्द गर्ने ।’
नेपालमा सट्टेबाजी अवैध भए पनि अनलाइनमार्फत् गैरकानुनी रुपमा यसको कारोबार हुने गरेको छ ।