धनुषा–१ मा मातृकालाई जितको प्रमाणपत्र नदिएकोमा नेकपाको आपत्ति

अनलाइनसमय |
२५ फागुन २०८२
धनुषा–१ मा मातृकालाई जितको प्रमाणपत्र नदिएकोमा नेकपाको आपत्ति

काठमाडौं, २५ फागुन । नेपाली कम्युनिस्ट पार्टीले धनुषा–१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका मातृका यादवलाई विजयी भएको प्रमाण पत्र नदिएकोमा आपत्ति जनाएको छ ।

सोमबार केन्द्रीय कार्यालयका सचिव गोविन्द आचार्यले विज्ञप्ति मार्फत निर्वाचन आयोगले निर्वाचन ऐन, २०७४ बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गरिसकेकोमा विजयी उम्मेदवार यादवलाई प्रमाणपत्र नदिनु गम्भीर विषय भएको बताएका छन् ।

निर्वाचन आयोग स्वयंले फागुन २२ गते मत गणना गरी परिणाम घोषणा गर्न दिएको निर्देशन बमोजिम सबै उम्मेदवारका प्रतिनिधिहरुको उपस्तिथिमा मतगणनासमेत भई नेकपाका उम्मेदवार यादव विजयी भइसक्दा पनि प्रमा
णपत्र दिन आलटाल गर्नुका साथै निर्वाचन प्रक्रिया र स्थापित विधि विपरितका कार्य हुनु चिन्ताजनक विषय भएको उल्लेख गरिएको छ ।
कानुनसम्मत रूपमा उम्मेदवारी नै खारेज भइसकेको अवस्थामा उम्मेदवार नै नरहेको व्यक्तिसँग सम्बन्धित भनेर प्रमाणपत्र नै वितरण नगर्नु कानुनसम्मत नदेखिने सचिव आचार्यले बताएका छन् ।

साथै निर्वाचन आयोगजस्तो संवैधानिक निकायलाई विधिको शाषन पालना गर्न र कुनै पनि राजनीतिक दवावमा नपरी निष्पक्ष ढंगले काम गर्न आग्रह नेकपाले आग्रह गरेको छ ।

आयोगले यही फागुन १८ गते धनुषा जिल्ला क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साह ‘कमल’को उम्मेदवारी कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम रहेको प्रमाण प्राप्त भएको भन्दै खारेज गर्ने निर्णय गरेको थियो । उम्मेदवारी खारेज गर्ने आयोगको सो निर्णय विरुद्ध साह सर्वोच्च अदालत गएका छन् ।
आइतबार आयोगले सर्वोच्च अदालतमा मुद्दा परी विचाराधीन रहेकाले अदालतबाट आदेश नभएसम्म प्रत्यक्षतर्फको मत परिणाम घोषणा नगर्न नगराउन निर्देशन दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस