काठमाडौं, २४ फागुन । जेनजी आन्दोलनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले आइतबार आफ्नो प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको छ ।
आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्य विज्ञानराज शर्मा र कानुन विशेषज्ञ विश्वेश्वर भण्डारी नेतृत्वको टोलीले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।
जेनजी आन्दोलनपछि अन्तरिम सरकार बनेसँगै गत असोज ५ मा सरकारले भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न आयोग गठन गरेको थियो । आयोगमा पूर्व एआईजी विज्ञानराज शर्मा र कानुन व्यवसायी विश्वेश्वर भण्डारी सदस्य छन् ।