casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

महिला सशक्त भएमा राष्ट्र नै समृद्धिको मार्गमा अगाडि बढ्छ : राष्ट्रपति

अनलाइनसमय |
२४ फागुन २०८२
महिला सशक्त भएमा राष्ट्र नै समृद्धिको मार्गमा अगाडि बढ्छ : राष्ट्रपति

काठमाडौं, २४ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा, विभेद र उत्पीडनको अन्त्य गर्ने काममा आ–आफ्नो क्षेत्रबाट योगदान गर्न सबैलाई आह्वान गरेको छन् ।

११६औँ अन्तरराष्ट्रिय महिला दिवस (आठ मार्च) का अवसरमा आज शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले परम्पराका नाममा समाजमा रहेका खराब अभ्यास एवं प्रथाको कारण किशोरी तथा बालिकामाथि हुने शारीरिक तथा मानसिक हिंसाका घटना बढ्नेजस्ता प्रथालाई निर्मूल गर्न थप प्रभावकारी एवं सिर्जनात्मक कार्यक्रम आयोजना गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

‘जनसङ्ख्याको आधा हिस्सा ओगटेका महिला सशक्त भएमा सिङ्गो परिवार, समाज र समग्र राष्ट्र नै समृद्धिको मार्गमा अगाडि बढ्ने हुँदा यसतर्फ विशेष ध्यान पुर्याउन जरूरी छ,’ सन्देशमा भनिएकोे छ ।

संविधानले अवलम्बन गरेको समानुपातिक समावेशी सिद्धान्त, राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा महिलाको अर्थपूर्ण प्रतिनिधित्व र नेतृत्व स्थापित गर्न कोशेढुङ्गा सावित भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले लैङ्गिक समानता र महिला सशक्तीकरणको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारी, नीति निर्माण एवं निर्णय प्रक्रिया, राजनीतिजस्ता राज्यका हरेक क्षेत्रमा महिलाहरूको पहुँच समान रूपमा सुनिश्चित हुनुपर्नेमा जोड दिएका छन् ।

महिला अधिकार तथा लैङ्गिक समानता प्रवद्र्धनको पूर्ण प्राप्तिका लागि हरेक वर्ष आठ मार्चलाई अन्तरराष्ट्रिय महिला दिवसका रूपमा मनाउने गरिएको छ । यस वर्ष संयुक्त राष्ट्रसङ्घबाट तय भएको ‘सबै महिला र बालिकाको लागि अधिकार, न्याय र कार्यसहितको अवसर’ भन्ने आदर्श वाक्यका साथ यो दिवस मनाईँदै आएको छ ।

विश्वभरि विभिन्न क्षेत्रमा कार्यरत महिलाहरूको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि स्मरण गर्दै महिलाहरूको प्रविधिमा पहुँचको विस्तार गर्ने, महिला सशक्तीकरण अभिवृद्धि गर्ने, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने, महिलालाई शिक्षित र आत्मनिर्भर बनाउने एवं उचित सम्मान गर्नेलगायतका उद्देश्यसहित अन्तरराष्ट्रिय महिला दिवस मनाउँदै आइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun