१०६ क्षेत्रमा रास्वपाको उम्मेदवार विजयी

अनलाइनसमय |
२४ फागुन २०८२
१०६ क्षेत्रमा रास्वपाको उम्मेदवार विजयी

काठमाडौं, २४ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपार्)का उमेदवार १०६ क्षेत्रमा निर्वाचित भइसकेका छन् । १८ क्षेत्रमा रास्वपाका उमेदवार अगाडि छन् ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसका उमेदवार १५ क्षेत्रमा विजयी भइसकेका छन् । दुई क्षेत्रमा कांग्रेस उमेदवार अगाडि छन् ।

नेकपा (एमाले)का उमेदवार सात क्षेत्रमा निर्वाचित भएका छन् । चार क्षेत्रमा एमाले उमेदवार अग्रस्थानमा छन् ।

चौथो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उमेदवार ६ क्षेत्रमा विजयी भएका छन् । एउटा क्षेत्रमा नेकपाका उमेदवार अगाडि छन् ।

श्रम संस्कृति पार्टीका उमेदवार एउटा क्षेत्रमा निर्वाचित भएका छन् । दुई क्षेत्रमा श्रम संस्कृतिका उमेदवार अगाडि छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवार एउटा क्षेत्रमा विजयी भएका छन् । एउटा क्षेत्रमा स्वतन्त्र उमेदवार निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस