काठमाडौं, १९ फागुन । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न जाँदा मतदाताले आफ्नो परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लैजानुपर्ने भएको छ । निर्वाचन आयोगका अनुसार फागुन २१ गते हुने निर्वाचनका लागि मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र भए मतदान गर्न सकिनेछ ।
यसका साथै राहदानी, जग्गाधनी प्रमाणपुर्जा तथा सवारी चालक अनुमतिपत्रसमेत वैकल्पिक परिचयका रूपमा मान्य रहने आयोगले जनाएको छ ।
सार्वजनिक गरिएको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका र फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा गरेका नागरिकले तोकिएको मतदान केन्द्रमा उपस्थित भई आफ्नो मताधिकार प्रयोग गर्न पाउने आयोगले स्पष्ट पारेको छ ।