काठमाडौंं, १० फागुन । नेपाली बजारमा आज सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ । आज सुन तोलामा ५६ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला तीन लाख १० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार प्रतितोला तीन लाख चार हजार ७०० रुपैयाँ थियो ।
यस्तै चाँदीको भाउ तोलामा ३७५ रुपैयाँले बढेको छ । शुक्रबार पाँच हजार ५० रुपैयाँ तोलामा कारोबार भएको चाँदी यस दिन पाँच हजार ४२५ रुपैयाँ कायम भएको छ ।