टी– २० विश्वकप २०२८ का लागि १२ टोली छनोट

अनलाइनसमय |
७ फागुन २०८२
टी– २० विश्वकप २०२८ का लागि १२ टोली छनोट

काठमाडौं, ७ फागुन । सन् २०२८ मा अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त आयोजना गर्ने आईसीसी पुरुष ट्वान्टी– २० विश्वकपका लागि १२ टोली छनोट भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सहभागी रहने टोलीको टुंगो लगाएको हो ।

अस्ट्रेलिया र न्युजिल्यान्ड आयोजकका रूपमा छनोट भएका छन् । अहिले भइरहेको पुरुष टी–२० विश्वकपको सुपर एट्समा स्थान बनाएका भारत, श्रीलंका, दक्षिण अफ्रिका, जिम्बाब्वे, पाकिस्तान, इंग्ल्यान्ड, वेस्ट इन्डिजले सिधै आगामी विश्वकप खेल्ने छन् ।

अन्तिम तीन स्वतः छनोट स्थान भने मार्च ९ (प्रतियोगिताको फाइनलपछि) सम्मको आईसीसी पुरुष टी–२० अन्तर्राष्ट्रिय टोली वरीयतामा सबैभन्दा माथि रहेका तीन टोलीलाई प्रदान गरिनेछ ।

हालको अवस्था अनुसार बंगलादेश, अफगानिस्तान र आयरल्यान्डले ती स्थान सुरक्षित गर्ने सम्भावना छ, किनकि उनीहरूको वरीयतामा असर पार्ने कुनै अन्तर्राष्ट्रिय खेल तालिका तय गरिएको छैन ।

२० टोली सहभागी हुने प्रतियोगिताका बाँकी आठ स्थान भने क्षेत्रीय छनोटमार्फत तय गरिनेछ, जसमा प्रत्येक क्षेत्रको प्रतिस्पर्धात्मक स्तरका आधारमा कोटा बाँडफाँट गरिनेछ ।

यी हुन् आगामी विश्वकपका स्थान बनाएका टोली :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस