टर्किस एयरलाइन्सको जहाज अवतरण गर्न लाग्दा प्राविधिक समस्या, ओभरसुट गरी ढाका डाइभर्ट

अनलाइनसमय |
६ फागुन २०८२
टर्किस एयरलाइन्सको जहाज अवतरण गर्न लाग्दा प्राविधिक समस्या, ओभरसुट गरी ढाका डाइभर्ट

काठमाडौं, ६ फागुन । टर्कीको इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाज अवतरण गर्ने क्रममा प्राविधिक समस्या देखिएपछि ‘ओभरसुट’ गरी बंगलादेशको ढाका गएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार टर्किसको उडान नम्बर टीके७२६ जहाजमा अवतरण गर्ने क्रममा प्राविधिक देखिएपपछि ओभरसुट गरेको हो । त्रिभुवन कार्यालयका एक अधिकारीका अनुसार विमानस्थलका कारण नभई टर्किसको जहाजमै प्राविधिक समस्या आएको हो ।

टर्किसको ए३३० सिरिजको उक्त वाइड बडी जहाज बुधबार बिहान ११ः१० बजे त्रिभुवन विमानस्थल अवतरण गर्ने तालिका थियो ।
टर्किसको उक्त जहाज केही बेरअघि ढाकामा सुरक्षित अवतरण गरिसकेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस