‘सेतोपाटी’लाई कारबाही गर्न प्रेस काउन्सिललाई आयोगको सिफारिस

अनलाइनसमय |
४ फागुन २०८२
‘सेतोपाटी’लाई कारबाही गर्न प्रेस काउन्सिललाई आयोगको सिफारिस

काठमाडौं, ४ फागुन । निर्वाचन आयोगले ‘सेतोपाटी अनलाइन’लाई कारबाही गर्नको लागि प्रेस काउन्सिललाई सिफारिस गरेको छ । निर्वाचन आचारसंहिता विपरीत गएर समाचार प्रकाश गरेको भन्दै आयोगले सोमबार कारबाहीको लागि सिफारिस गरेको हो ।

सेतोपाटीले हिजो (आइतबार) ‘चितवन– ३ मा सोविता गौतमले जित्नेछिन् निर्वाचनः रेणु दाहाल दोस्रो’ शीर्षकमा आइतबार समाचार प्रकाशन गरेको थियो भने आज ‘भोट रास्वपालाई दिने हो, तर निकुञ्ज छेउका बस्तीबारे बालेनको तर्क गलत छ’ शीर्षकको समाचार प्रकाशन गरेको थियो । उक्त शीर्षकको समाचारप्रति आयोगले आपत्ति जनाएको छ ।

आयोगले भनेको छ, ‘अनलाइनबाट गरिएको कार्य निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (त) मा रहेको उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मत परिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नहुने र ऐ, आचारसंहिताको दफा २५ को उपदफा (१) को खण्ड (ख) मा रहेको कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने व्यवस्थाको प्रतिकूल रहेको देखिँदा सीउपर आवश्यक कारबाही हुन निर्णयअनुसार अनुरोध छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस