‘सामाजिक सञ्जालमा स्टन्ट गरेर नयाँ हुँदैन’

अनलाइनसमय |
२६ माघ २०८२
‘सामाजिक सञ्जालमा स्टन्ट गरेर नयाँ हुँदैन’

काठमाडौं, २६ माघ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई योगदान नगर्ने व्यक्तिहरूले सामाजिक सञ्जालमा स्टन्ट गरेर राजनीतिमा स्थापित हुन खोज्ने प्रवृत्तिको आलोचना गरेका छन् ।

सोमबार काठमाडौं क्षेत्र नम्बर ५ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले नयाँको नाममा सामाजिक सञ्जालमा स्टन्ट गरेर केही नहुने बताएका हुन् ।

‘अहिले नेपालमा लोकप्रियतावाद हाबी हुन खोजेको छ, सोसल मिडियामा स्टन्ट गरेका भरमा उनीहरू राजनीतिमा स्थापित हुन खोज्दैछन्,’ उनले भने, ‘विश्व साम्राज्यवादले विभिन्न देशमा पपुलिज्मलाई समाजवाद र लोकतन्त्रविरुद्ध प्रहार गराउन लगानी गर्छ । नेपालमा पनि अहिले भूराजनीतिक चलखेलबाट हस्तक्षेप गर्ने कोसिस भइरहेको छ ।’

उनले पार्टीको वर्तमान अवस्थाबारे जानकारी दिँदै २६ वटा घटक एकत्रित भएर बनेको नेकपा अब देशकै ठूलो पार्टी बन्ने दाबी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस