काठमाडौं, २५ माघ । काठमाडौं उपत्यकाको हावाको गुणस्तर आज अस्वस्थ तहमा पुगेको छ । हावाको गुणस्तर मापन गर्ने ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) अनुसार आज मध्याह्नसम्म उपत्यकामा प्रदूषणको स्तर १७५ पुग्यो पुगेको हो ।
यो अनुसार काठमाडौं अहिले विश्वका सबैभन्दा प्रदूषित सहरमध्ये सातौँ स्थानमा रहेको छ । यस समयमा विश्वकै सबैभन्दा प्रदूषित सहर इजिप्टको कायरो रहेको छ, जहाँ वायु प्रदूषणको स्तर २७३ मापन गरिएको छ ।
वातावरण विभागका अनुसार मौसम सुक्खा हुनु, हावा नचल्नु, उद्योग-कलकारखाना सञ्चालन हुनु र तीव्र विकास निर्माणका गतिविधिहरू वायु प्रदूषण बढाउने मुख्य कारण हुन् ।
विज्ञका अनुसार एक्यूआई स्तर ०-५० सम्म ‘राम्रो’ (हरियो संकेत), ५१-१०० ‘सचेत रहनुपर्ने’ (पहेंलो संकेत), १०१-१५० ‘अस्वस्थ’ मानिन्छ । १५१-२०० ‘सबैका लागि अस्वस्थ’, २०१-३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्तै खतरनाक’ हुन्छ । यस अनुसार काठमाडौँ अहिले सबैका लागि अस्वस्थ तहमा पुगेको छ ।