आसिफ शेखको अर्धशतकमा नेपालले क्यानडालाई ६ विकेटले हरायो

अनलाइनसमय |
२२ माघ २०८२
आसिफ शेखको अर्धशतकमा नेपालले क्यानडालाई ६ विकेटले हरायो

काठमाडौं, २२ माघ । आइसीसी टी–२० विश्वकप अगाडिको अन्तिम अभ्यास खेलमा नेपालले क्यानडालाई ६ विकेटले हराएको छ । दोस्रो तथा अन्तिम अभ्यास खेलमा नेपालले क्यानडालाई ६ विकेटले पराजित गरेको हो । चेन्नईस्थित एमए चिदम्बरम मैदानमा बिहीबार भएको खेलमा १६२ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्यो ।

नेपालको जितमा आसिफ शेखले अर्धशतकीय इनिङ्स खेले । २९ बल खेलेका उनले ५८ रनमा रिटायर्ड आउट भए । उनले ६ चौका र ३ छक्का प्रहार गरे । यस्तै, सन्दीप जोराले ४४ रन, गुलशन झा ३१ रनमा अविजित रहे । बलिङतर्फ क्यानडाका जास्करन सिंह, अजयवीर हुन्डाइ र साद बिन जाफरले एक–एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले २० ओभरमा ६ विकेटको क्षतिमा १६१ रन जोड्यो ।

क्यानडाका लागि नवनित धलिवालले सर्वाधिक ४१ रन बनाए । त्यस्तै, श्रेयस मोव्वा अविजित रहँदै ३८ रन जोडे । कन्वरपाल ताथगुरले २५, जास्करन सिंहले २१ रन जोडे । बलिङतर्फ नेपालका सन्दीप लामिछानेले र कुशल भुर्तेलले २२ विकेट लिए । सोमपाल कामी र नन्दन यादवले एक–एक विकेट लिए ।
यसअघि मंगलबार भएको पहिलो अभ्यास खेलमा यूएईलाई ७ विकेटले हराएको पराजित गरेको थियो

अब फेब्रुअरी ८ मा इङ्ल्यान्डसँग खेल्दै नेपालले आफ्नो विश्वकप यात्राको औपचारिक सुरुवात गर्नेछ । विश्वकपमा नेपाल समूह ‘सी’ मा छ । यो समूहमा नेपालसहित दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, स्कटल्यान्ड र इटाली रहेको छ ।
नेपालले फेब्रुअरी १२ मा इटाली, १५ मा वेस्ट इन्डिज र १७ मा स्कटल्यान्डसँग खेल्ने तालिका छ । यी समूह चरणका सबै खेलहरू मुम्बईमा हुनेछन् ।

विश्वकपमा नेपाली टिम :
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस