काठमाडौं, ८ माघ । सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको हो ।
यसअघिका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रतिनिधिसभा चुनाव लड्नका लागि राजीनामा दिएपछि अर्याललाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।
राजीनामा दिएका खरेल ललितपुर–२ बाट रास्वपाको उम्मेदवार बनेका छन् ।