सोमबार नेप्से ५.५४ अंकले घट्दा बढ्यो कारोबार रकम

अनलाइनसमय |
२८ पुष २०८२
सोमबार नेप्से ५.५४ अंकले घट्दा बढ्यो कारोबार रकम

काठमाडौं, २८ पुस । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक ५ दशमलव ५४ अङ्कले घटर दुई हजार ६३५ बिन्दुमा कायम भएको हो ।

आज १ करोड २३ लाख ९ हजार ७४४ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ४७ करोड २६ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार ४ अर्ब ९० करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज ७५ धितोपत्रको शेयर मूल्य बढ्दा १७८ को घटेको छ । यस्तै ७ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३३३ धितोपत्र कारोबारमा आएका छन् ।

सोमबार १३ समूहको उपसूचकमध्ये १० को घटेको छ भने ४ उपसूचक मात्र बढेको छ ।

आज उत्पादन तथा प्रशोधन १ दशमलव ०२, म्युचुअल फण्ड शून्य दशमलव ११, विकास बैंक शून्य दशमलव ०२ र होटेल तथा पर्यटन समूहको उपसूचक शून्य दशमलव १ प्रतिशतले बढेको छ ।

यसैगरी व्यापार १ दशमलव १६, माइक्रोफाइनान्स शून्य दशमलव ६६, फाइनान्स शून्य दशमलव ५३, लगानी शून्य दशमलव ४२, अन्य शून्य दशमलव २९, बैंकिङ शून्य दशमलव २५, जीवन बीमा शून्य दशमलव १८, निर्जीवन बीमा शून्य दशमलव १४ र हाइड्रोपावर समूहको उपसूचक शून्य दशमलव ११ प्रतिशतले घटेको छ ।

आज दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा एसवाइ प्यानल नेपाल र श्रीनगर एग्रीटेक इन्डस्ट्रीज रहेका छन् । यस्तै रसुवागढि हाइड्रोपावर ८ दशमलव ५३, सिटिजन्स म्युचुअल फण्ड ५ दशमलव ८५ र बुङ्गल हाइड्रको शेयर मूल्य ५ दशमलव ४१ प्रतिशतले बढेको छ ।

आज सुपर म्यादी हाइड्रोपावर ४ दशमलव २५, कालिका लघुवित्त ३ दशमलव ८५, माया खोला हाइड्रोपावर ३ दशमलव ७१, स्वाभिमान लघुवित्त ३ दशमलव ६६ र बोटलर्स नेपाल (तराई)को शेयर मूल्य ३ दशमलव ६२ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस