काठमाडौं, ७ पुस । चालू आर्थिक वर्ष (आव) २०८२/८३ को पहिलो पाँच महिनामा १९ अर्ब बढिको स्मार्टफोन भित्रिएको छ । भन्सार विभागका अनुसार गत मंसिरसम्ममा नेपालमा १९ अर्ब १३ करोड ६९ लाख रुपैयाँ बराबरको स्मार्टफोन भित्रिएको हो ।
आवको ५ महिनामा सो रकम बराबरको १० लाख ७० हजार ६८० ओटा स्मार्टफोन आयात गरिएको छ । यसबाट सरकारलाई ३ अर्ब ५६ करोड ९७ लाख रुपैयाँ राजस्व प्राप्त भएको तथ्याङ्क छ ।
सो अवधिमा नेपालबाट भने १० ओटा मात्र स्मार्टफोन निकासी गरेको छ । जसको २० लाख १९ हजार रुपैयाँ रहेको छ ।