casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

५.८० अङ्कले घट्यो नेप्से, साढे ४ अर्बको कारोबार

अनलाइनसमय |
२४ कार्तिक २०८२
५.८० अङ्कले घट्यो नेप्से, साढे ४ अर्बको कारोबार

काठमाडौं, २४ कात्तिक । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक ५ दशमलव ८० अङ्कले घटेर दुई हजार ५६० दशमलव २९ बिन्दुमा कायम भएको हो ।

आज ८६ लाख ४७ हजार ८८९ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५१ करोड ४४ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन आइतबार ४ अर्ब ९० करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज ९० धितोपत्रको शेयर मूल्य बढ्दा १५१ को घटेको छ । यस्तै ११ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३२७ धितोपत्र कारोबारमा आएका छन् ।

सोमबार १३ समूहको उपसूचकमध्ये १० को घटेको छ भने तीन उपसूचक मात्र बढेको छ ।

यसदिन होटेल तथा पर्यटन १ दशमलव ६४, व्यापार शून्य दशमलव ५५ र लगानी शून्य दशमलव ०१ प्रतिशतले बढेको छ ।

यसैगरी फाइनान्स शून्य दशमलव ७५, विकास बैंक शून्य दशमलव ६३, म्युचुअल फण्ड शून्य दशमलव ४८, निर्जीवन बीमा शून्य दशमलव ४१, अन्य शून्य दशमलव २९, जीवन बीमा शून्य दशमलव २६, माइक्रोफाइनान्स शून्य दशमलव ०८, बैंकिङ शून्य दशमलव ६, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३ र हाइड्रोपावर समुहको उपसूचक शून्य दशमलव १ प्रतिशतले घटेको छ ।

आज तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा दरम खोला हाइड्रो इनर्जी, बुङ्गल हाइड्रो र सागर डिस्टीलरी रहेका छन् । यस्तै माविलुङ इनर्जी ९ दशमलव ९८ र सिटी होटेलको शेयर मूल्य ९ दशमलव ९४ प्रतिशतले बढेको छ ।

यसदिन उन्नति सहाकार्य लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । यस्तै रु रु जलविद्युत् परियोजना ५ दशमलव ४५, धौलागिरी जलविद्युत् ५ दशमलव ६६, उपकार लघुवित्त ५ दशमलव ६३ र नेपाल माइक्रो इन्सुरेन्सको शेयर मूल्य ४ दशमलव ४३ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun