काठमाडौं, १८ कात्तिक । मंगलबर नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक २७ दशमलव ६४ अङ्कले घटेर दुई हजार ५९५ दशमलव २४ बिन्दुमा कायम भएको हो ।
आज १ अर्ब ०३ लाख ४३ हजार ८९८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १५ करोड ७ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमबार ६ अर्ब ५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज ३३ धितोपत्रको शेयर मूल्य बढ्दा २१३ को घटेको छ । यस्तै ३ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३२२ धितोपत्र कारोबारमा आएका छन् ।
मंगलबार सबै समूहको उपसूचक घटेको छ । यसदिन फाइनान्स समूहको उपसूचक सर्वाधिक २ दशमलव २१ प्रतिशतले ह्रास आएको छ ।
आज माविलुङ इनर्जी ९ दशमलव ९८, फस्ट माइक्रोफाइनान्स लघुवित्त ९ दशमलव २, बिन्ध्याबासिनी हाइड्रोपावर डेभलपमेन्ट ६ दशमलव ३८, सम्पदा लघुवित्त ५ दशमलव ५४ र अभियान लघुवित्तको शेयर मूल्य ५ दशमलव ०१ प्रतिशतले बढेको छ ।
यसदिन मुक्तिनाथ कृषि कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । यस्तै एक्शेल डेभलपमेन्ट बैंक ७ दशमलव ०९, पञ्चकन्या माइ हाइड्रोपावर ५ दशमलव ३१ र सानिमा जीआईएस इन्सुरेन्सको शेयर मूल्य ३ दशमलव ८६ प्रतिशतले ह्रास आएको छ ।