• अर्थ, ताजा समाचार

    नबिल बैंकले घटायो जेठ महिनाको लागि निक्षेपको ब्याजदर

     126 Views
    नबिल बैंकले घटायो जेठ महिनाको लागि निक्षेपको ब्याजदर

    काठमाडौं, ३१ वैशाख । नबिल बैंक लिमिटेडले जेठ महिनाका लागि व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले जेठ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको हो । जसअनुसार व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ६.७५० प्रतिशत ब्याजदर कायम गरेको छ । वैशाख महिनाका लागि बैंकले व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ७.२५ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।

    यस्तै बैंकले जेठ महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ३ महिनादेखि १ वर्षसम्मकालागि ५.७५० प्रतिशत र १ वर्षभन्दा माथिको अवधिका लागि ६.७५० प्रतिशत ब्याजदर कायम गरेको छ ।

    संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि गत वैशाख महिनाको तुलनामा घटाएको छ । बैंकले संस्थागत निक्षेपतर्फ जेठ महिनाका लागि अधिकतम ५.७५० प्रतिशत ब्याजदर कायम गरेको छ । वैशाख महिनाका लागि बैंकले संस्थागत निक्षेपकर्तालाई अधिकतम ६.२५ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।

    साथै बैंकले जेठ महिनाका लागि संस्थागत निक्षेपतर्फ ६ महिनादेखि २ वर्षसम्मका लागि ४.७५० प्रतिशत,२ वर्षदेखि ५ वर्षसम्मका लागि ५.२५० प्रतिशत र ५ वर्षभन्दा माथि अवधिका लागि ५.७५० प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।

    यसमा तपाइको मत

    Facebook Comment