casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

योगदानमा आधारित निवृत्तभरण कोषमा करिब ४ हजार २९० कार्यालय तथा संस्था आवद्ध

अनलाइनसमय |
५ साउन २०८२
योगदानमा आधारित निवृत्तभरण कोषमा करिब ४ हजार २९० कार्यालय तथा संस्था आवद्ध

काठमाडौं, ५ साउन । कर्मचारी सञ्चय कोषबाट संचालित योगदानमा आधारित निवृत्तभरण कोषमा आवद्ध हुने सरकारी कार्यालय, सार्वजनिक संस्थान, बोर्ड, समिति र सङ्गठित संस्थाहरूको सङ्ख्या उल्लेख्य रूपले बढ्दै गएको छ ।

गत आर्थिक वर्ष २०८१/०८२ को असार मसान्तसम्ममा सरकारी कार्यालय, सार्वजनिक संस्थान, बोर्ड, समिति र सङ्गठित संस्थाहरू गरी करिब ४ हजार २९० कार्यालय तथा संस्थाहरू योगदानमा आधारित निवृत्तभरण कोषमा आवद्ध भएका छन् ।

कोषमा आवद्ध भएका कार्यालय तथा संस्थाहरूका करिब ९९ हजार ३९१ जना योगदानकर्ताहरूबाट गत आर्थिक वर्षको अन्त्यसम्मका करिव रू. १५ अर्ब.योगदानमा आधारित निवृत्तभरण कोषमा जम्मा भएको छ । योगदानमा आधारित निवृत्तभरण कोषमा थप सरकारी कार्यालय र प्रतिष्ठानहरू आवद्ध हुनेक्रम जारी रहेको छ । साथै, बैंक तथा वित्तीय क्षेत्र तथा निजीक्षेत्रबाट पनि योगदानमा आधारित निवृत्तभरण कोषमा आवद्धताका लागि कोषमा सम्पर्क गर्नेक्रम उल्लेख्य रूपले बढ्दै गएको छ ।

कोषले आफ्नै स्रोतबाट योगदानकर्ताहरूलाई विभिन्न किसिमका सुविधाहरू समेत उपलब्ध गराउँदै आएको छ । जसअनुसार, सामाजिक सुरक्षा सुविधा अन्तर्गत योगदानकर्ताहरूलाई दुर्घटना क्षतिपूर्ति रू.२ लाखसम्म, काजकिरिया अनुदान रू. ४० हजार, प्रसूती सुविधा अन्तर्गत प्रतिप्रसूती रू. ७ हजार ५०० तथा स्वाथ्योपचारतर्फ साधारण रोगमा रू. १ लाखसम्म र कडा रोगमा रू. १० सम्म सुविधा प्रदान गर्दै आएको छ ।

कोषले यही साउन १ गतेदेखि लागू हुने गरी योगदानकर्ताहरूलाई निवृत्तभरण कोष रकममा प्रदान गर्ने वार्षिक ब्याजदर ५ः०० प्रतिशत निर्धारण गरेको छ । साथै, कोषले वार्षिक रूपमा आर्जन गर्ने मुनाफाको निश्चित प्रतिशत रकम समेत योगदानकर्ताहरूलाई प्रदान गर्ने गरेको छ ।

कोषले योगदानकर्ताहरूबाट संचित रकममा वार्षिक ५ प्रतिशत ब्याजदर र मुनाफा रकम समेत प्रदान गर्दै आएको छ ।

कोषले योगदानकर्ताहरूलाई सहुलियत ब्याजदरमा विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटी, जग्गा खरिद सापटी तथा सरल सापटी उपलब्ध गराउँदै आएको छ ।

नेपाल सरकारले मिति २०८२ साल असार २० गते सबै मन्त्रालय, निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरूलाई आर्थिक वर्ष २०८२/०८३ देखि नियुक्त हुने कर्मचारीहरुलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्न निर्देशन दिएको छ ।

निवृत्तभरण कोष ऐन, २०७५ कार्यान्वयनमा आएपछि नेपाल सरकारले निर्णय गरी कर्मचारी सञ्चय कोषलाई योगदानमा आधारित निवृत्तभरण कोष संचालनको जिम्मा दिए बमोजिम कोषले मिति २०७६ साल साउनदेखि योगदानमा आधारित निवृत्तभरण कोष समेत संचालन गर्न शुरू गरेको हो ।

सोही अनुरूप मिति २०७६ साल साउन १ गतेपछि सरकारी कार्यालय, सार्वजनिक संस्थान, बोर्ड, कोष, कम्पनी र समिति लगायतका सङ्गठित संस्थामा नियुक्त भएका कर्मचारीहरुको सम्बन्धित संस्थासँग सम्झौता गरी कोषबाट योगदानमा आधारित निवृत्तभरण कोष संचालन गर्दै आएको छ ।

योगदानमा आधारित अवकाश कोष अन्तर्गत योगदानमा आधारित निवृत्तभरण, योगदानमा आधारित आवधिक निवृत्तभरण, योगदानमा आधारित उपदान र योगदानमा आधारित आजीवन निवृत्तरण योजनाहरू संचालनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun