विदेश जाने श्रमिकको हवाई टिकटमै खानाखाजाको व्यवस्था गर्न विभागले काट्यो पत्र

अनलाइनसमय |
१३ वैशाख २०८१
विदेश जाने श्रमिकको हवाई टिकटमै खानाखाजाको व्यवस्था गर्न विभागले काट्यो पत्र

काठमाडौं, १३ वैशाख । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूको हवाई भाडा तथा सुविधाको उचित व्यवस्थापन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण, वैदेशिक रोजगार व्यवासयी महासंघ र नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभललाई आग्रह गरेको छ ।

विभागले बुधबार पत्राचार गरी हवाई टिकटमा नै खाना–खाजा तथा पानीको सुविधा हुने गरी उचित मूल्यको व्यवस्थापन गर्न आग्रह गरेको हो ।

मलेसिया तथा मध्यपूर्वका मुलुकमा वैदेशिक रोजगारीका लागि श्रमिकले औसतमा चार घण्टाको यात्रा तय गर्नुपर्छ । उडान समय भन्दा तीन घण्टा अगाडि नै विमानस्थलभित्र प्रवेश गर्नुपर्ने हुन्छ ।
यसरी घण्टौंको यात्रामा पनि श्रमिकले न्यूनतम खाना–खाजा तथा पानी समेत नपाउने गरेको गुनासो आउन थालेपछि विभागले सम्बन्धित निकायलाई डाकेर छलफल गरेको विभागका महानिर्देशक डुण्डुराज घिमिरले बताए ।

‘बजेट एयरलाइन्स भन्ने तर, मूल्य चर्कौ नै तिर्नुे अनि न्यूनतम खाना–खाजा तथा पानीको पनि नपाउँदा श्रमिकहरू भोकभोकै यात्रा गर्नुपर्ने अवस्था रहेछ । यस्तो धेरै गुनासो सुनियो । त्यसैले सबैलाई बोलाएर छलफल गर्यौ,’ उनले भने, ‘छलफलको निर्णय पनि सम्बन्धित निकायलाई पत्राचार गरी जहाजको टिकट तथा टिकटमा यस्तो सुविधा तोक्न आग्रह गरेका हौं ।

त्यस्तै, विभागले म्यानपावर व्यवसायीले नै व्यक्तिगत श्रम स्वीकृतिमा रोजगारीमा पठाउन थालेको गुनासो आएको भन्दै व्यवसायीलाई आफनो क्षेत्रअधिकारभित्र रहेको काम गर्न सचेत समेत गराएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस