casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

इजरायलमा रहेका नेपालीलाई दूतावासले भन्यो : आफ्नो सुरक्षामा विशेष ध्यान दिनू

अनलाइनसमय |
३० जेठ २०८२
इजरायलमा रहेका नेपालीलाई दूतावासले भन्यो : आफ्नो सुरक्षामा विशेष ध्यान दिनू

काठमाडौं, ३० जेठ । इजरायलको तेलअविवस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई सुरक्षा प्रोटोकलबारे जानकार रहन र पालना गर्न आग्रह गरेको छ । इजरायलले इरानमाथि आक्रमण गरेसँगै सुरक्षा अवस्थालाई लिएर चिन्ताजनक परिस्थिति सिर्जना भइरहेका बेला दूतावासले आज एक सूचना जारी गर्दै आफ्नो सुरक्षामा विशेष ध्यान दिन र आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन अनुरोध गरेको छ ।

दूतावासको सूचनामा भनिएको छ, ’यस क्षेत्रमा पछिल्लो समय विकसित परिस्थितिलाई मध्यनजर गर्दै ईजरायली होम फ्रन्ट कमाण्डद्वारा सर्वसाधारणका लागि नयाँ निर्देशनहरु जारी भएकाले नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई ईजरायली नेसनल इमर्जेन्सी पोर्टलबाट अध्यावधिक स्थानीय सुरक्षा प्रोटोकलबारे जानकार रहन, उक्त प्रोटोकलहरू पालना गर्न र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन एवं सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत हार्दिक अनुरोध गर्दछौँ’

इरान र इजरायलबीच दोहोरो आक्रमण जारी छ । इजरायलले शुक्रबार इरानमाथि हवाई आक्रमणको शृङ्खला सञ्चालन गर्दै तेहरानका आणविक र सैन्य स्थलहरू सहित एक सय वटा लक्ष्यमा आक्रमण गरेको थियो । आक्रमणमा सशस्त्र बलका प्रमुख, इरानका रिभोलुसनरी गार्डका प्रमुख र शीर्ष आणविक वैज्ञानिकहरूको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

इजरायलको आक्रमणपछि इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले उसले आक्रमणका लागि ‘कटु र पीडादायक’ भाग्यको सामना गर्नुपर्ने चेतावनी दिएका छन् । इरानी मिडियाका अनुसार आक्रमणमा एक वरिष्ठ गार्ड कमान्डरको पनि मृत्यु भएको छ ।

अहिले इरानले पनि जवाफका लागि ड्रोन आक्रमण सुरु गरिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । इजरायली सेनाका अनुसार इरानले इजरायलतर्फ प्रतिक्रियामा एक सय वटा ड्रोन प्रक्षेपण गरेको र तिनलाई इजरायली रक्षा प्रणालीले रोक्न कोशिश गरिरहेको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun