नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सदनप्रति सरकार जिम्मेवार रहेको बताएका छन् ।
मंगलबार बसेको प्रतिनिधसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) केन्द्रसहितका विपक्षी दलहरुले आफूले दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल नभएको भन्दै आपत्ति जनाएका थिए ।
बैठक सुरु हुन बित्तकै विपक्षी दलहरु उठेपछि सभामुख देवराज घिमिरेले माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएका थिए । पाण्डेले आफूहरुको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची नराखेकोबारे सभामुखसँग बुझ्दा सरकारका मन्त्रीहरुले समय दिन नभ्याएकाले भन्ने जवाफ पाएको भन्दै सरकार संसद्प्रति गैरजिम्मेवार भएको आरोप लगाएका थिए । ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै त्यसको जवाफमा बर्तौलाले सदनमा उठिरहेको विषय समाधान गर्नको लागि सरकार लागिरहेको बताए ।
‘संसद्मा उठेको विषयसँग सरकार गम्भिर छ । शिक्षा मन्त्रीले लगातार आन्दोलनरत शिक्षकसँग वार्ता गरिरहनुभएको छ ।
हिजो राति पनि अबेरसम्म वार्ता भयो । आज पनि उहाँहरू वार्ताको प्रक्रियामा हुनुहुन्छ,’ उनले भने, ‘यो विषयमा सरकार अनुदार बनेको देखिदैन । आज बेलुकासम्म समस्या समाधान भएर शिक्षकहरू विद्यालय फर्किँदा हामी सबैलाई सहज गर्छ । अहिले वार्ता भइरहेको छ ।’