राजावादी समर्थकहरु बानेश्वर प्रवेश गर्न खोजेपछि प्रहरीसँग धकेलाधकेल

अनलाइनसमय |
१५ चैत २०८१
राजावादी समर्थकहरु बानेश्वर प्रवेश गर्न खोजेपछि प्रहरीसँग धकेलाधकेल

काठमाडौं, १५ चैत । काठमाडौंको तिनकुनेमा राजावादी समूहसँग प्रहरीको धकेलाधकेल भएको छ ।

तीनकुने भेला भएको राजावादी समर्थकहरु नयाँ बानेश्वरतर्फ प्रवेश गर्न खोज्दा प्रहरीले रोकेपछि खोजेपछि झडप भएको हो ।

उनीहरूले निषेधित क्षेत्र तोडेर नयाँ बानेश्वरतर्फ अघि बढ्न थालेपछि प्रहरीले रोकेको थियो । भिडलाई नियन्त्रणमा लिन प्रहरीले पानीका फोहोरा पनि हानेको छ ।

प्रहरीले तीनकुने पुलबाट बानेश्वर प्रवेशमा समर्थकहरुलाई रोक लगाएको छ । तीनकुने क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस