‘भिजन काठमाडौं’ दीर्घकालीन सहरी विकास योजना सुरू गर्ने

अनलाइनसमय |
१५ जेठ २०८३
‘भिजन काठमाडौं’ दीर्घकालीन सहरी विकास योजना सुरू गर्ने

काठमाडौं, १५ जेठ । सरकारले ‘भिजन काठमाडौं २०४० नामक दीर्घकालीन सहरी विकास योजना सुरू गर्ने भएको छ।

संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले काठमाडौं उपत्यकाको समग्र सहरी व्यवस्थापनका लागि एकीकृत पूर्वाधार विकास योजना अघि बढाइने बताएका हुन्।

योजना अन्तर्गत अन्डरपास, फ्लाइओभर, इन्टरसेक्सन सुधार, नदी करिडोर पूर्वाधार, पार्क निर्माण, फोहरमैला व्यवस्थापन, युटिलिटी डक्ट तथा विद्युतीय तार भूमिगत गर्ने जस्ता संरचनागत सुधार गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस