चिकित्सकका माग पूरा गर्न रास्वपाको माग

अनलाइनसमय |
१२ वैशाख २०८२
चिकित्सकका माग पूरा गर्न रास्वपाको माग

काठमाडौं, १२ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आवासीय चिकित्सकहरूको माग पूरा गर्न माग गरेको छ ।

रास्वपाकी केन्द्रीय स्वास्थ्य तथा जनसंख्या विभागकी प्रमुख डा. तोसिमा कार्कीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आवासीय चिकित्सकका मागप्रति सरकारको ध्यानाकर्षण गराउँदै तिनलाई पूरा गर्न माग गरेकी हुन् ।

‘चिकित्सा शिक्षा आयोगको १६ औं बैठकको निर्णय कार्यान्वयन गरी समय सापेक्ष र सामाजिक न्यायको सिद्धान्तको समेत सम्मान गर्दै आवासीय चिकित्सकहरूको माग अबिलम्ब पूरा गर्न राष्ट्रिय स्वतन्त्र पार्टी सरकारलाई जिम्मेवार हुन जोडदार माग गर्दछ’ विज्ञप्तिमा उल्लेख छ ।

निजी मेडिकल कलेजका आवासीय चिकित्सकहरूले नेपालको स्वास्थ्य सेवामा महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्दै उनले उनीहरूका माग सरकारले सुन्नुपर्ने बताएकी छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘निजी मेडिकल कलेजका आवासीय चिकित्सकहरू विगत लामो समयदेखि सम्मानजनक निर्वाह भत्ता र न्यायोचित ड्युटी आवरको माग गरी आन्दोलनरत रहेको स्थितिले आम नागरिकको स्वास्थ्य सेवा पाउने अधिकार समेत प्रभावित भएको स्थिति र यसप्रति राज्यले देखाएको उदासिनताप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’

चिकित्सा शिक्षा आयोगको २५ माघमा बसेको १६औँ बैठकले निजी मेडिकल कलेजलाई आवासीय चिकित्सकलाई सरकारी आठौँ तहको सुविधा दिन निर्देशन दिएको थियो । तर, निर्देशन कार्यान्वयन नभएपछि चिकित्सकहरू एक महिनादेखि आन्दोलनमा छन् । उनीहरुले आज देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने निर्णय गरेका छन् ।

May be an image of text

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस